काठमाडौँ। राष्ट्रिय गाउँपालिका महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले सार्वजनिक शिक्षामा आकर्षण बढाउनका लागि आफू क्रियासिल रहेको बताएका छन्।
बुधबार टिभि टुडेमार्फत प्रसारण हुने कार्यक्रम गुड मर्निङ टुडेमा बोल्दै शाहीले उक्त कुरा बताएका हुन्। उनले भनेका छन्, ‘गरिब र धनी दुई खालको जुन विभेदकारी शिक्षा छ, यसलाई समायोजन गर्नका निम्ति प्रयास गरिरहेका छौं। गरिबका सन्तानहरुले सार्वजनिक स्कुलमा पढ्ने र धनी हुने खानेहरुका सन्तानहरु बोर्डिङ स्कुल पढ्ने वातावरणलाई अन्त्य गरिनुपर्छ। दुई प्रकारको शिक्षा हटाउनुपर्छ।’
कार्यक्रम प्रस्तोता शान्ति गिरीले हिमा गाउँपालिको वर्तमान अवस्था र भावि रणनीतिका बारेमा विभिन्न प्रश्नहरु सोधेकी छन्। विस्तृतमा भिडियो हेर्नुहोस्