जापानीज भाषाको नक्कली पुस्तक प्रकाशन गर्ने निर्मणीलाल श्रेष्ठ पक्राउ



तस्बिर: दियो पोष्टबाट साभार गरिएको हो।

काठमाडौँ। गैरकानूनी रुपमा जापानी भाषाको (MINNA NO NIHONGO) नामक किताब प्रकाशन गरि विक्री वितरण गरेको अभियोगमा एक जना प्रक्राउ परेका छन्।

शनिबार साँझ अपराध महासाँखा टेकु परिषरले काठमाडौँ जापानिज ल्याङवेज ईन्ष्टिच्युसन कालिकास्थानका सञ्चालक निर्मणीलाल श्रेष्ठलाई पक्राउ गरेको हो। जापानी भाषा (MINNA NO NIHONGO) को (भाग १ र भाग २) नेपालमा एकमात्र आधिकारिक प्रकाशका रुपमा रहेको एमआर पब्लिकेशन एण्ड डिष्ट्रिब्यूसनले श्रेष्ठविरुद्ध प्रतिलिपि अधिकार उलङ्घन गरेको अभियोगमा जाहेरी दिएको थियो।

एमआर पब्लिकेशनका सञ्चालक मेघराज शाहीका अनुसार जापानको थ्री ए कर्पोरेशनबाट नेपालका लागि उक्त प्रतिलिपि अधिकार ल्याइएको हो। एमआर पब्लिकेशनले २०७६ फागुनमा ५० हजार पुस्तक प्रकाशकनमा ल्याएको थियो। उक्त किताब बजारमा कन्सल्टेन्सी, पब्लिकेशन, पुस्तक पसल र छापाखानाहरुले प्रतिलिपि अधिकार विपरित गैरकानूनी रुपमा आफूखुशी प्रकाशन गरी विक्रि वितरण गरेपछि एमआर पब्लिकेशनले अदालनमा मुद्धा दायर गरेको थियो।

सञ्चालक शाहीका अनुसार श्रेष्ठलगायतका विरुद्ध २०७६ फागुन ११ गते रिट दायर गरिएको थियो। एक वर्षदेखि फरार रहेका श्रेष्ठ कहिले जापान त कहिले नेपाल आउजाउ गर्दै भागि रहेका थिए। महानगरीय प्रहरी परिसर टेकुले श्रेष्ठलाई अदालबाट म्याद थप गरि अनुसन्धान गरिहेको छ।

एमआर पब्लिकेशनका सञ्चालक शाहीले बजारमा रहेका नक्कली जापानिज भाषाको (मिन्ना नो निहोङगो) पुस्तक नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गरेका छन्। साथै उनले विद्यार्थीहरुलाई पनि नक्कली किताबहरु खरिद नगर्न आग्रह गरेका छन्। साथै शाहीले कर्णाली सन्देशसँग भने, ‘राज्यलाई छलेर, कर छलि गरेर केही व्यक्तिहरुले उक्त किताब प्रकाशन गरेर विक्री गरेको पाइएको छ। अझैं पनि केही व्यक्तिहरुले त्यो पुस्तक विक्रि गर्ने र विद्यार्थीलाई प्रदान गर्ने गरेको पाइन्छ। बजारमा छापा हान्ने र त्यस्ता व्यक्तिलाई कानूनअनुसार कडा कारबाही गर्ने प्रक्रियालाई निरन्तर जारी राख्ने छौं। यसमा नेपाल प्रहरीले साथ दिइरहेको छ। विद्यार्थी र जापानीज कन्सल्टेन्सीहरुले पनि साथ दिन अनुरोध गर्दछु।’

राज्यको कर छली गरेर छापिएका नक्कली किताबदेखि सावधान रहन सबै पक्षसित शाहीले अनुरोध गरेका छन्। यदि श्रेष्ठले कसुर गरेको पुष्टि भएमा दिगो जरिवानासहित केही महिना जेल चलान हुन सक्छ।