काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए। अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए।
लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन्। ‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको?
देउवाले संसद विघटन २०५९ जेठ ८ गते गरेका थिए। मितिमा भने ओली झुक्किएका हुन्। त्यसबेला ०४७ को संविधानको प्रावधानमा टेकेर विघटन गरे पनि देउवा तोकिएको समयमा चुनाव गराउन नसकेकोमा आलोचित मात्रै बनेनन्, तत्कालीन राजा ज्ञानेन्द्रले स्वयं उनैलाई हटाएर कु गरे।