सरकारलाई विश्वासको मत दिने एसको निर्णय



काठमाडौँ। अन्ततः नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकबाट विश्वासको मत लिंदैछन्। सरकारले लिने नीति तथा कार्यक्रमका आधारमा एकीकृत समाजवादीले समर्थन र बिरोध गर्ने भन्दै प्रतिपक्षमा बस्ने भएको छ।