काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले परिवर्तनको महसुस गराउनेगरी काम गर्न शुभकामना दिएका छन् ।
सोमबार निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले बोली र व्यवहारमा सामन्सज्यता आउनेगरी काम गर्न आग्रह गर्दै कार्यकाल सफलताको कामना गरेका हुन् ।
उनले भने–‘भोलि त विश्वासको मत लिनुछ, यो कार्यकाल कति दिनको भन्ने प्रश्न आउला रु तपाईँहरूको आफ्नैपनि बहुमतको संख्या पुगिरहेकै छ । सबैले राजनीतिक स्थायित्वको कामना पनि गरेका छन्, हामी चाहँदैनौँ छिन–छिनमा सरकार परिवर्तन होस् । विगतका अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ । त्यस हुनाले विगतबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अगाडि बढ्न सक्नुपर्छ ।’
उनले प्रधानमन्त्रीले संविधान मिच्ने नभई वर्तमान प्रधानमन्त्रीले संविधानको पालना गरेर जाने कुरामा विश्वास लिएको बताए । उनले ५ वर्षको कार्यकालमा यो संसद्ले निकै महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिए ।