काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि भू-भागहरूमा हुस्सुरकुहिरो लागिरहेको अवस्था छ।
सोमवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि मंगलबार पनि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्स/रकुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।