काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ। प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।
उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालले पुस ११ गते शपथ लिएका थिए। विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्।