काठमाडौँ। सरकारमा सहभागि हुने नहुने विषयलाई लिएर दोधारमा उभिएको नेकपा (एकीकृत समाजवादी) ले पोलिट्ब्यूरो बैठक बोलाएको छ।
शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए।
‘भोलि पोलिट्ब्यूरो बैठक आयोजना गरेका छौं। के सुझाव दिन्छ त्यसपछि मात्र यावत विषयमा हाम्रो धारणा बाहिर ल्याउनेछौं’ उनले भने। स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताए। मुख्य रुपमा पार्टी निर्माण सुदृढिकरण र विस्तारका विषयमा गहनतम छलफल गरेको उनको भनाइ छ।