कुनै पार्टीसँग पनि एकता गर्ने निर्णय भएको छैन: गंगालाल तुलाधार



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगानारायण तुलाधारले पार्टी एकता गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै तुलाधारले अनौपचारिक रुपमा सबै पार्टीसँग भई रहेको भेटघाट र छलफल अन्यथा नलिन आग्रह गरे।
‘एकताका बारेमा कुनैपनि निर्णय भएको छैन । एकता गर्नेगरी घनिूत रुपमा पार्टीका औपचारिक बैठक र छलफल भएका छैन। अहिले नै तत्काल एकतामा गइहाल्नुपर्छ भन्ने अवस्था होइन’ तुलाधारले भने, ‘अनौपचारिक रुपमा यस्ता धेरै कुराहरु भएका छन्। हाम्रा पार्टीका नेताहरुले जसपा र माओवादी नेतासँग कुरा गर्नुभएको छ।’

चुनावभन्दा अगाडि माओवादीसँग एकता गर्नेगरी छलफल भएपनि कुनै निष्कर्षमा नपुगीएको तुलाधारले बताए। ‘चुनाव अघि एकीकृत समाजवादीमा र माओवादीवीच एकता गर्न वार्ता र छलफल गर्न प्रयास गरौं भन्नेगरी माओवादीबाट प्रस्ताव आयो। हामीले सचिवालयमा छलफल गरियौं। एकता गर्ने नै हो छलफल गरौं भन्ने भयो ’ तुलाधारले भने, ‘त्यसमा माओवादीबाट कुनै सक्रियता देखिएन। अहिले त्यसमा केही भएकै छैन।’