घनश्याम हामीसँग आउने सम्भावना छ: अध्यक्ष नेपाल



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट नेता घनश्याम भुसाल समाजवादी पार्टीमा जोडिने बताएका छन्।

बिहिबार अध्यक्ष नेपालले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै कुरा भए पनि पार्टी एकतासम्मको कुरा नभएको ब्रिफिङ गरेका थिए। तर, प्रधानमन्त्री प्रचण्डसहित एमाले र माओवादी नेताहरुले सरकारमा सहभागी हुन गरेको प्रस्तावमाथि पार्टीमा छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन्। उनले सोचेरै निर्णय लिन विभिन्न पक्षसँग कुराकानी भइरहेको बताएका छन्।

ओली, प्रचण्ड, वामदेव गौतमदेखि घनश्याम भूसाल र भीम रावलसँग पनि कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भइरहेको अध्यक्ष नेपालले बताएका छन्। ‘भुसालजी हामीसँग आउने सम्भावना छ। भीम रावलसँग पनि कुरा भइरहेको छ’ उनले भने।