सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौँ। मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बस्नेछ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए ।

सरकारको मूल नीति र कार्यक्रम केलाई बनाएर जाने भन्नेबारे पनि आजको बैठकमा नेताहरूबीच विशेष छलफल हुने भएको छ ।

प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।