राष्ट्र बैंकले ४५ दिनका लागि ५ अर्ब रूपैयाँ कर्जा सापटी दिने



काठमाडाैँ। नेपाल राष्ट्र बैंकले ४५ दिनका लागि ५ अर्ब रूपैयाँ कर्जा सापटी दिने भएको छ।

बजारमा तरलता अभाव भएसँगै सोको सहजताका लागि केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई अल्पकालीन कर्जा सापटी दिने भएको हो।

पुस १४ गते अर्थात् बिहीबार जारी हुने रिपोका लागि बुधबार नै सार्वजनिक बोलकबोल हुने बैंकले सूचनामार्फत जानकारी दिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस १४ गते दिउँसो २ बजेसम्म आवश्यक रिपोका लागि अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । रिपोको बाँडफाँड भने बिहीबार दिउँसो सवा २ बजे हुनेछ।