काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना मित्रहरूसङ्ग वार्ता शुरु गरेका छन्।
हात्तीवन स्थित आफ्ना भान्जा गोकुल भण्डारीको निवास सिटीस्केप हाउजिङ्गमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रचण्डले भेटेका हुन्। प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालका अनुसार प्रचण्डले नेपाल र यादवलाई सरकारमा सहभागि हुन आग्रह गरेका छन्।