शीतल निवासको शपथ तस्बिरमा हेर्नुहोस्



काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गरेका हुन्। अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरे।

त्यस्तै मन्त्रीहरू मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरे । ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा ‘माओवादी केन्द्र’ उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नेछन्।

मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेपनि पनि मन्त्रालय भने तोकिएको छैन। राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्री र त्यसपछि मन्त्रीहरूले शपथग्रहण गरेका हुन्।

शपथग्रहण समारोहका तस्बिरहरु हेर्नुहोस्