प्रधानमन्त्री प्रचण्डलाई मोदीको बधाई तथा शुभकामना



काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

भारतीय  प्रधानमन्त्री मोदीलेआइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन्। नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘यो मैत्रिपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सँगै मिलेर काम गर्न चाहन्छौं।’