समसामयिक राजनीतिक घटना क्रमले सबैलाई तताएको छ। सत्ता गठबन्धन भत्किएपछि नयाँ सत्ता समिकरण बनेको छ। यस्तो स्थितिमा कांग्रेस सरकारमा नजाने भएपछि केही कांग्रेसजनहरु निकै खुसी भएको देखियो। सरकारमा हुँदा ठिक हुन्छ कि ? नहुँदा ठिक हुन्छ? अब बहसको विषय नै रहेन । पछिल्ला दिनहरुमा हलो अड्काएर गोरु जोत्ने काम भयो । जसको मुख्य जिम्मेवार कर्ता कांग्रेसका युवा नेताहरु हुन्भन्दा अन्यथा हुँदैन। उनीहरुले गतिलो काम गरेको देखिएन। प्रधानमन्त्री र राष्टपती दुबै राख्नुपर्छ भनेर अड्डी कस्ने अनि दोष देउवालाई दिने काम अराजनीतिक हुन्छ।
दाजु पनि चाहिने भाउजु पनि चाहिने यस्तो प्रवृत्ति पनि देखियो। यसमा अरु पदाधिकारीभन्दा पनि भाउजुले जबाफ दिनु जरुरी होला। समानुपातिक १ नम्बरमा रहेका प्रकाशशरण महत्तको प्रतिक्रिया के रहन्छ? कार्यबहाक सभापती भएका गोपालमान श्रेष्ठ जो जनजाती पनि पाको पनि उहाँलाई समानुपातिकमा नराख्नु कसको दोष हो ?
भारतमा बार्ता गर्न पदाधिकारी पठाउनुको सट्टा देउवाले श्रीमति पठाउनु आगामी महाअधिबेशनमा श्रीमतिलाई अगाढी सार्न खोज्नु। दलको नेतामा वरिष्ठ नेता उपसभापति पूर्णबहादुर खड्का र राष्ट«पतिमा रामचन्द्र पौडेललाई प्रस्ताव गर्न नसक्नु अनि गठबन्धन नै टुट्ने भएमा पहिलो राउण्डमै प्रचण्डलाई प्रधानमन्त्री दिएर गठबन्धन टिकाउन नसक्नु देउवाको कमजोरी नै हो। विषेश गरि भाउजुको सल्लाहले बिग्रिएको हो। परिवार र सन्तान मोहमा भारतमा कांग्रेस आईको अवस्था के भएको छ? त्यतातिर ध्यान दिन कसलाई फुर्सद हुन्छ?
हिन्दुधर्मको एजेन्डा छोड्नु कांग्रेसका केही नेताको गम्भीर भुल हो। प्रचण्डको अन्तिम कसरत प्रधानमन्त्री नै थियो। त्यसले कति घाटा फाइदापछिको कुरा हो। भारतका नजिक भएका जति एकठाउँ रहनुले श्रीमतिलाई भारत पठाएर देउवाले सम्बन्ध सुधार गर्न नसकेको देखियो। अब सच्चिन जरुरी छ। समिक्षा गर्न जरुरी छ। टिकट नपाएको र नदिएको रिसमा तथानाम गालि गरिहाल्ने बेला पनि भएको छैन।
युवा नेताहरु जो एउटा नेताको बुई चढेर हाइट बनाए पदाधिकारी सांसद भए लात्ति हान्दै हिडे आज गगन थापा र सिटौला एक ठाउँमा छैनन्। अनि विश्व र देउवा एक ठाउँमा भएनन्। प्रदिपहरु सिटौलासँग छैनन्। रामचन्द्र पौड्यालका धर्मपुत्रहरु उनीसँग छैनन्। शेखरका दाजु दिदी बहिनी ३ कोइराला १ ठाउँमा छैनन्। अनि अरुलाई दोष दिएर के गर्नु ? कुनै बेलाको ७४ र ३६ से कांग्रेसलाई २५ से पुगाउँदा पनि ठूलो विजय गरेको ठानि रहेछन्।
एमालेले खेल्नु थियो खेल्यो
माओवादीले जनयुद्ध होस् वा संसद यात्रा सत्ता र सरकारकै लागि थियो। कुनै अनौठो मान्नुपर्ने छैन। स्थायित्व होस स्थायी सरकार बनोस् कांग्रेसले प्रतिपक्षमा बसेर राजधानी केन्द्रित सबैलाई गाउँ केन्द्रित गरेर संगठन निर्माणको अभियानमा लाग्ने। हिन्दुधर्मको एजेन्डा दरिलो रुपमा उठाउने। स्थानीय सरकार रिचालन राम्ररी गर्ने।
सरकारी तथा ग्रैहसरकारी र निजी निकायलाई राम्रा कामको सहयोग गर्दे खबरदारी गर्दे अगाढी बढ्ने। सभापतीले नैतिकताका आधारमा राजिनामा दिने रआरजु प्रकाशशरणलगायतका गलत सल्लाहाकारलाई बाहिर राख्ने पदाधिकारीलाई जिम्मेवार बनाउने संस्थागत निर्णयको परिपाटी बसाल्ने। सरकार गठन एउटा प्रक्रिया हो। गठन हुन्छ कांग्रेसले जिताएकै प्रचण्डको नेतृत्वमा सरकार बन्दैछ। कांग्रेसका केही थान मन्त्री नबन्ने र प्रदेश सरकार बनाउन सकिने सम्भावनामा अबरोध पैदा भएको छ। धेर्य धारण गरौं धेरैलाई गाली गलौज नगरौं। फेरी पनि कांग्रेसले नै नेतृत्व गरिदिनु पर्यो बरु पात्र बदल्नु पर्यो भन्ने दिन अवस्य आउनेछ।
भारत र अमेरिका ललिपपमा छन्। रहस्यमय त के छ भने क्रिशमस डे कै दिन मिसन सफल भएको छ। राजा र हिन्दुधर्मको भजन गाउँने राप्रपा पनि साछी बनेको छ। अनि सबैभन्दा नयाँ सत्ताको खेलमा नलाग्ने भनि प्रभ सिर्जना गरि भोट बटुल्ने रवीहरु नै सत्ताको खेलमा सरकार बनाउने अभियानमा लागेको देखियो कसको कनेकसन कहाँ स्पष्ट नै भएको छ।
पाटी फुटाउने रणनितीको पहिलो स्टेप हो। माओवादीलाई पद दिएमा असहयोग हुन्छ भन्ने युवा पदाधिकारी नेताहरु भोली तपाईहरु पनि कुनै दिन बयस्क हुने होला एमाले र राप्रपाबाट चुनाब लड्ने त पक्कै होइन होला। धेरै साथीहरुले फोन गर्नुभो अब के हुन्छ कसरी भयो सबै लाई जबाफ दिनु भन्दा विश्लेषणात्मक जबाफदिनु उपयुक्त ठाने। समय बलबान छ। अचम्म हुनेवाला छ। म पटक पटक भन्थे फेरी पनि थप अच्मम हुनेवाला छ। धैर्य धारण गर्नु।