प्रचण्डलाई प्रधानमन्त्री बनाउने चिठी बोकेर शीतल निवास जाँदै नेताहरू



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास जाने भएका छन् ।

सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको हो ।

बालकोटमा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भएको थियो । सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट अभिवादन गरेका छन् । सत्ता गठबन्धन तोडिएर एमाले, माओवादीसहितका दलहरुबीच मिलेर सरकार बन्ने सहमति पछि बार्दलीमा आएर ओलीले अभिवादन गरेका हुन्।