काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले आम निर्वाचनमा लज्जासपद हाल ब्यहोरेपछि विशेष महाधिबेशनको माग उठेको छ।
पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्लाका इन्चार्ज विष्णु बिक ‘विकल्प’ ले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रको पुनः निर्माण गर्न ढिलाई गर्न नहुने प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, ‘विशेष महाधिवेशनमार्फत नेकपा माआवादी केन्द्र पुनःनिर्माणमा ढिलाई गर्नु हुँदैन। बुढाको सम्मान, उर्जावान युवालाई उच्चस्थान। अपरिहार्य आवश्यकता।’
पार्टी नेतृत्व (प्रचण्ड) माथि प्रश्न उठिरहेका बेला नेता विकल्पलेसमेत माओवादी केन्द्रलाई थप कमजोर हुन नदिनका निम्ति विशेष महाधिवेशनको माग गरेका छन्।
प्रतिनिधिसभातर्फ ४६ विर्वाचन स्थानमा उम्मेदारी दिएको माओवादीले अहिलेसम्म जम्मा १७ सिट जित्न सफल भएको छ। पार्टीले समानुपालिकतर्फ पनि खासै राम्रो मत पाउन सकेन। विकल्पले पार्टीमा युवाहरुलाई नेतृत्वमा पठाउनु पर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, ‘बुढाको सम्मान, उर्जावान युवालाई उच्चस्थान। अपरिहार्य आवश्यकता।’