अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा



काठमाडौँ। पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ ।

बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो । तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।