काठमाडौँ। कतार विश्वकपमा अहिले समूह चरणका अन्तिम खेलहरु चलिरहेका छन्।
मंसिर ४ गतेबाट सुरु भएको विश्वकपमा विभिन्न टोलीहरुले आफ्नो खेल कौसलताले दर्शकहरुलाई मोहित बनाइ रहेका छन्। कतार विश्वकप सबैभन्दा धेरै खर्च भएको विश्वकप देखि लिएर विन्टर सिजनमा भएको पहिलो विश्वकपसम्मको रोचक तथ्य बनाएको छ।कतार विश्वकपका बिभिन्न सात रोचक तथ्यको हामी चर्चा गर्नेछौं।
१, विन्टर सिजनमा भएको पहिलो विश्वकप
कतार विश्वकप गर्मीका कारण विन्टर सिजनमा गर्ने फिफाले निर्णय गर्यो। समर सिजनमा कतारमा अत्याधिक गर्मी हुने भएका कारण विन्टर सिजनमा विश्वकप आयोजना भएको हो।
यो आयोजनाले मौसमी रुपमा एसियन राष्ट्रहरुलाई भने राहात मिलेको छ। विश्वकपमा एसियन राष्ट्रहरुमा आएको निखारताको एक आयम पनि यसै सयमा विश्वकप भएर हुन सक्ने अनुमान फुबल विज्ञहरुले गरेका छन्। कतारमा समर सिजनमा ५० डिग्रसम्मको गर्मी हुने गर्दछ।
२, सबैभन्दा महँगो विश्वकप
फिफा २०२२ विश्वकपको बारेमा एउटा तथ्य नयाँ स्थापित भएको छ। विश्वकप आयोजनाका लागि कतारले भरपूर खर्च गरेको छ। हालसम्म आयोजना भएको विश्वकप भन्दा धेरै खर्च कतारले यो विश्वकपमा गरेको छ।
विश्वकै धनी राष्ट्र मध्यको एक कतारले प्रतियोगिताका लागि अनुमानित २०० अर्ब डलर खर्च गरेको बताएको छ । यसमा पूर्वाधार, विकास, प्रर्वधन र धेरै ठूला परियोजना समावेस भएका छन् ।
३, कम स्टेडियममा आयोजना गर्ने दोस्रो राष्ट्र
कतार विश्वकपमा हाल ८ स्टेडियमहरु प्रयोग भएका छन्। कतारले विश्वकपका लागि भनेर जम्मा आठ स्टेडियमहरु निर्माण गरेको छ। विश्वकपमा यसअघि सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपमा ६ स्टेडियम प्रतियोग गरिएको थियो।
कतारले सबै रंगशालाहरु कतारको राजधानीबाट छोटो दुरीमा पर्ने गरेर नयाँ तयार गरेको थियो । सबै रंगशालाहरु कतारको संस्कृति झल्किने गरेर तयार परिएको थियो।
४, दर्शकका कीर्तिमान बन्ने सम्भावना
मध्य पूर्वी राष्ट्रमा विश्वकप भइरहेका कारण अन्य देशको तुलनामा कतारमा पुग्न सहज छ। एसियन मूलुकका दर्शकहरु पनि नजिक भएको विश्वकपलाई छुटउन चाहान्नन्।
कतारले विश्वकपका लागि भनेर धेरै सेवा सुविधाहरु तयार गरेको छ। विश्वकपका ठूला खेलहरुका लागि कतारमा १३ सय उडान चार्टर गरिएको छ।
५, विश्वकप आयोजना गर्ने पहिलो मध्यपूर्वको राष्ट्र
पछिल्ला वर्षहरूमा मध्यपूर्वका देशहरू आर्थिकहरुमा विश्वको शीर्ष स्थानमा रहे पनि कतारले मात्र आयोजकको हैसियत हासिल गर्न सफल भएको छ।
कतार विश्वकप आयोजना गर्ने पहिलो मुस्लिम राष्ट्र पनि हो। यसका साथसाथै सन् २०२२ को विश्वकपलाई जापान र दक्षिण कोरियाले मिलेर आयोजना गरेको २००२ को विश्वकपपछि एशियामा आयोजना हुने दोस्रो राष्ट्र पनि हो।