काठमाडौँ। अभिनय र शब्द सृजनाको क्षेत्रमा सक्रियता देखाउदै लोकप्रिय बन्दै गएकी वर्षा भण्डाराले यतिबेला आमाको चिनारी नामक म्यूजिक भिडियो सार्वजनिक गरेकी छन्।
प्राय आफ्नै जीवनमा मेल खाने र सामाज परिवर्तनसँग सम्बन्धित म्युजिक भिडियोमा अभिनय गर्ने वर्षाको यो भिडियो पनि आफ्नै जीवनकथा र कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृती एवम् रितीरिवाज केन्द्रीकृत छ।
‘दुई बहिनी बसेर रुन्छौ कर्णाली छालती
क्या भनु आफन्त शीत क्या भनु कालती।’
म्यूजिक भिडियोमा वर्षाले आफै शब्द सृजना गरेका यस्तै हृदय रुवाउने देउडा गीतलाई चर्चित गायिका देबी घर्तीको आवाजले झनै कारुणिक बनाइदिएको छ।
बालकैमा आमा र बुवा गुमाउदाको पारिवारिक पीडालाई अभिनयमार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियो बाट समाजको वास्तविकता छचल्किएको छ। दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी कालिकोट तिलागुफा नगरपालिका ७ निवासी वर्षाको यो भिडियोमा चर्चित कलाकारहरुले साथ दिएका छन्। नेपाल पहराबाट साभार