सुनसरी। सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन्।
उनले ४० हजार ७८८ मत पाइन्। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए। यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन्।
०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा बहने देखिने छैनन्। एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनी चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन्।
चौधरीलाई ०७० मा भएको दोस्रो संबिधानसभामा ३६२ मतले र पछिल्लो ०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए। तर, यो पटक भने भगवतीले गच्छदारलाई मतको अन्तरले पराजित गरेकी छिन्।