उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा प्रवेश



काठमाडौँ। ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो।

लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे। उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन्।

खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए। जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ। यसै समूहको घानाले ३ अंक जोड्दा दक्षिण कोरिया र उरुग्वेको समान एक–एक अंक छ।