मुलुकमा अस्थिरता आउन दिइने छैन : अध्यक्ष ओली



काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समयमा सुदृढ राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।

उनले मुलुकलाई अस्थिरतातर्फ लैजान नदिनका लागि एकता आवश्यक रहेको बताएका हुन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएपछि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुलुकलाई अगाडि बढाउन एमालेले अगुवाइ गर्ने बताए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी ३ दिनदेखि निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रममा सहभागी हुँदै आएका छन्।