प्रतिनिधि सभा तर्फ कर्णालीमा एमाले शुल्य



सुर्खेत। प्रतिनिधि सभा तर्फ कर्णालीमा नेकपा (एमाले) ले एक सिट पनि जित्न सकेन्।

घोषणा भएका १० वटा क्षेत्रमा काँग्रेस, माओवादी, एकिकृत (समाजवादी) र राप्रपाका उम्मेदवार विजयी छन्।

बाँकी रहेको हुम्लार कालिकोटमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको फराकिलो अग्रता छ भने मुगुमा काँग्रेसका ऐनबहादुर शाही अग्र स्थानमा रहेका छन्। मतपरिणाम हेर्दा त्यहाँ जित्ने प्राय निश्चित जस्तो छ।

नेपाली काँग्रेसले दैलेख –२ दिक्पाल शाही, सुर्खेत –२ हृदयराम ठानी, सुर्खेत –१ पूर्णबहादुर खड्का रहेका छन् भने मुगुमा ऐनबहादुर शाही अग्रता लिईरहेका छन्। नेकपा एकिकृत ९समाजवादी० ले दैलेख –१ अम्मरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रबाट जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुमपश्चिमबाट जनार्दन शर्मा, कालिकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन्। हुम्लामा माओवादीका काचेन लामा गठबन्धनबाट बलियो उम्मेदवार हुन्। त्यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही विजयी भए।

२०७४ मा नेकपा एमालेले कर्णालीमा १२ मध्ये ६ सिट जितेको थियो। एमाले कर्णालीका प्राय जिल्लामा गठबन्धनका उम्मेदवारसंग फराकिलो मतान्तरले पराजय भएको हो। हुम्ला र मगुमा शनिवारसम्म अन्तिम मत परिणाम आउने जनाईएको छ। मतदान भएको तेस्रो दिन मात्र हुम्ला, डोल्पामा मत पत्र सदरमुकाम ल्याईएको थियो।