सुदूरपश्चिममा एकीकृत समाजवादीको शतप्रतिशत रिजल्ट



काठमाडौँ। संगठनात्मक रुपमा कमजोर रहेको एकीकृत समाजवादी पार्टीले संघीय निर्वाचनमा शतप्रतिशत रिजल्ट ल्याएको छ ।

सत्तारुढ गठबन्धनबाट डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले सबैमा जित जित हासिल गरेको हो ।

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी निर्वाचित भएका हुन् । तीनै जनाका प्रतिद्वन्द्धी एमालेका उम्मेदवार थिए । एकीकृत समाजवादीले प्रदेशसभातर्फ एक स्थानमा जित हात पारेको छ । कैलाली–४ (ख) बाट एकीकृत समाजदावी उम्मेदवार दीर्घ सोडारी निर्वाचित भएका छन् ।

कञ्चनपुर – ३ को (१) मा नेकपा एकीकृत समाजवादीले एक्लै चुनाव लडेर पनि नजिता हात पारेको छ । एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका बाजी मारे ।