जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता



जुम्ला। जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन् ।

२३ हजार ८२९ मत गन्दा शाहीले १२ हजार ५१५ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ६ हजार ९८ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले २ हजार ९६० मत प्राप्त गरेका छन् भने नेमकिपाका डिल्ली काफलेले ६७६ मत प्राप्त गरेका छन् ।