सुर्खेत। नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उनकै विरुद्ध बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीले चुनौती दिइरहेका छन् ।
जुम्ला प्रदेशसभा (क) को ७ हजार ६४१ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहीले प्रदेश सभापति शाहीलाई ८४६ मतान्तरले पछि पारेका छन् ।
उनले २ हजार ९४४ मत प्राप्त गर्दा प्रदेश सभापति शाहीले २ हजार ९८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमाले धीरेन्द्र राज गिरिले १ हजार ७८५ मत पाएका छन् ।