स्थगित भएको सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसको मतदान सुरु



सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको निर्वाचन सुरू भएको छ।

निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो । मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको थियो । यहाँ २ हजार ९ सय मतदाता छन्।