निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौँ सुनसान



काठमाडौँ। निर्वाचनका लागि काठमाडौँबाट गाउँ जानेहरू बढेसँगै काठमाडौं सुनसान बनेको छ ।

मतदान गर्न जानेहरूको संख्या बढेसँगै काठमाडौँका सडकहरू खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाडौँको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिए पनि काठमाडौँका भित्री गल्लीहरूमा भने मानिसहरूको चहलपहल कमै देखिन्छ । मंसिर ४ गते आइतबार (भोलि) एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।

निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासका लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरूबाट काठमाडौँ आइ बसोवास गर्नेहरू आफ्नो गृह जिल्ला फर्किँदा काठमाडौँ सुनसान बनेको हो । त्यस्तै काठमाडौँका सुनसान सडकमा सुरक्षाकर्मीहरूले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरू सुरक्षाको लागि तैनाथ छन् ।

यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरू धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ। निर्वाचन भोलि बिहान ४ बजेबाट साझा ५ बजेसम्म हुनेछ ।