रोनाल्डोसँगको करार रद्द गर्ने तयारीमा युनाइटेड



काठमाडौँ। पियर्स मोर्गनसँगको सनसनीपूर्ण अन्तवार्तापछि म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको करार रद्द गर्ने तयारी गरेको छ ।

द एथ्लेटिकका अनुसार युनाइटेडले रोनाल्डोमाथि कानुनी कारबाहीको तयार गर्दै उनीसँगको करार भंग गर्ने सोच बनाएको हो ।

शुक्रबार मात्र युनाइटेडले ‘आवश्यक कदम’ चाल्ने बताउँदै विज्ञप्ति जारी गरेको हो । ३७ वर्षीय पोर्चुगिज खेलाडीले मोगर्नको टक टिभीमा गरेको अन्तर्वार्तामा युनाइटेडका मालिकदेखि खेलाडी र म्यानेजरसम्मको आलोचना गरेका थिए । उनको अन्तवार्तापछि युनाइटेडकै पूर्व खेलाडी ग्यारी नेभिलले रोनाल्डोलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

अन्तरवार्तामा रोनाल्डोले ‘सम्झौताका बुँदा’ उल्लङ्घन गरेको युनाइटेडले ठहर गरेमा उनको करार भंग गर्ने एथ्लेटिकको भनाई छ ।