नागार्जुनमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज



काठमाडौँ। नागार्जुन नगरपालिका–५ स्थित हरिसिद्धीमा रहेको नगरपालिका भवन नजिकै शंकास्पद बस्तु फेला परेको छ ।

शुक्रवार दिउँसो भेटिएको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो ।

कालो झोलामा पोको पारेर राखिएको शंकास्पद बस्तु सेनाको कालिध्वज गणबाट खटिएका सेनानी रोशन लामिछाने नेतृत्वको टोलीले डिस्पोज गरेको हो । शंकास्पद बस्तु भेटिएपछि सशस्त्र प्रहरी बलका डिएसपी राम प्रसाद भण्डारी र प्रहरी वृत्त स्वयम्भूका डिएसपी राज बाबु महर्जन नेतृत्वको टोलीले घटनास्थल सुरक्षा गरेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा देशभर बम र शंकास्पद बस्तु फेला पर्न थालेका छन् । बम राख्ने काममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अगाडी देखिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।