मालुङ्गेमा टावर निर्माण, परिक्षण सुरू



जुम्ला। हिमा गाउँपालिका वडा नम्बर १ बड्की मालिङ्गेमा नेपाल टेलिकमको टावर परिक्षण प्रसारण भएको छ।

तत्कालिन सञ्चार मन्त्री मोहोन बहादुर बस्नेत र हालका सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नेतृत्वमा उक्त टावर स्थापना गरेको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले १ वर्ष पहिलेदेखी नै उक्त टावर स्थापनाको लागि ध्यानाकर्षण गराएका थिए।

गापा अध्यक्ष शाहीले सहयोगी हातहरुलाई धन्यवाद दिएका छन्।

अध्यक्षले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, “पसिनाको मुल्य हुन्छ मैले गरेको अथाह मेहनतले सार्थकता पाएको छ।”