काठमाडौँ। युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिएका छन् ।
एउटै घटनामा यति ठुलो हताहत भएको यो दुर्लभ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ ।
मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर टढा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा रुसले ठूलो क्षति बेहोर्नुपरेको एक सशस्त्र सेनाका जनरल स्टाफले फेसबुक पोस्टमा बताएका छन् । यसबारे रुसी रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।
अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने उन्नत रकेट प्रणाली उपलब्ध गराएको छ। पछिल्ला दिनमा रुसमा युक्रेनी सेनाले ठुलो क्षति सामना गरेको छ । १० दिनअघिमात्र रुसी सेना खेरसनबाट हटेको थियो ।