काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावल बुढो भइसकेकोले चिन्ता लिन आवश्यक नरहेको प्रतिकृया दिएका छन्।
शुक्रबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४८ सालदेखि निरन्तर सांसद बन्दै आएका रावलको चिन्ता लिन आवश्यक नरहेको प्रतिकृया गरेका हुन् ।
कञ्चनपुरमा आयोजित सभालाई ओलीले सम्बोधन गर्दै गर्दा सहभागीले रावलको नाम लिँदै हुटिङ लाएपछि ओलीले जङ्गीदै भने, ‘भीम रावलको तपाईं किन चिन्ता ? ४८ सालदेखि एकछिन खाली छैन । बूढो भैसक्नु भो । बेकार किन भीम रावलको चिन्ता ? अरुलाई पालो दिनु पर्दैन ? एउटै भीम रावल भीम रावल के को खेती गरिराख्या ? थुप्रो रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा । थुप्रो रावलहरुलाई अघि बढाएको छ।’
ओलीले भने- भीम रावल बूढा भैसके
अछामबाट प्रतिनिधिसभा सदस्यका लागि एक्लो सिफारिसमा परेका रावलको टिकट ओलीले खोसेका थिए । रावलको टिकट खोसिएपछि ओलीको पार्टी भित्र र बाहिरबाट ब्यापक आलोचना हुँदै आएको छ ।