`संविधानको रक्षा र कार्यान्वयनका गठबन्धन´



धनुषा। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन संविधानको रक्षाका लागि बनेको स्पष्ट पारेका छन्।

जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर-२ द्वारा मंगलबार आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धनको अवधारणा अघि सारिएको बताए।

उनेले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबीसमेत गरे। उनले भने, “जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो।’ केपी शर्मा ओलीले पार्टीलाई दास र आफू मालिक बन्न खोजेपछि आफूहरुले विद्रोह गरेको बताए।

कार्यक्रममा रामविनोद यादवको अगुवाइमा विभिन्न व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। कार्यक्रममा धनुषा–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र झालगायतले पनि आफ्नो धारणा राखेका थिए।