काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान विपरित निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।
राप्रपाले संवैधानिक व्यवस्था अनुसारको राष्ट्रपति संस्था खारेज गरेर राजसंस्था पुर्नथापित गर्ने घोषणापत्रमार्फत् प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजनिक भएको घोषणापत्रमा राप्रपाले अभिभावकीय संस्थाका रुपमा राजसंस्था रहने व्यवस्था गर्ने उल्लेख छ ।
नेपालको संविधानमा नेपालको अभिभावकीय संस्थाका रुपमा राष्ट्रपति रहने व्यवस्था छ ।