एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक



काठमाडौँ। नेकपा समाजवादी पार्टी (एस) ले प्रतिनिधिसभा र प्रदेशसभाको घोषणापत्र सार्वजनिक गरेको छ।

एसले आगामी मंसिर ५ गते हुने २ निर्वाचनलाई लक्षित गर्दै आज घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा लेखिएको छ, ‘किसानलाई सम्पन्न बनाउने कृषि उत्पादकत्वमा वृद्धि गरेर ने हो। कृषि पूवर्वाधारमा ठुलो मात्रामा लगानी गरी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा कृषि यन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्धता र कृषि उत्पादकत्व वृद्धिमा हाम्रो जोड रहने छ।’

‘सम्पूर्ण कृषिभूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्महरूको विकास गरी माटो अनुकूल एउटे बाली उत्पादनमा जोड रहने छ’ घोषणापत्रमा लेखिएको छ, ‘फलफूल, तरकारी, खाद्यान्न, पशुपालन नमुना गाउँहरू स्थापना एवं कृषि फार्महरूमा व्यापक रूपमा डेरी, पोल्ट्री, पशुपंक्षी, मौरी, माछापालन, खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादनमा जोड दिइनेछ ।नेकपा समाजवादी पार्टी (एस) ले प्रतिनिधिसभा र प्रदेशसभाको घोषणापत्र सार्वजनिक गरेको छ । एसले आगामी मंसिर ५ गते हुने २ निर्वाचनलाई लक्षित गर्दै आज घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा लेखिएको छ, ‘किसानलाई सम्पन्न बनाउने कृषि उत्पादकत्वमा वृद्धि गरेर ने हो । कृषि पूवर्वाधारमा ठुलो मात्रामा लगानी गरी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा कृषि यन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्धता र कृषि उत्पादकत्व वृद्धिमा हाम्रो जोड रहने छ।’

‘सम्पूर्ण कृषिभूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्महरूको विकास गरी माटो अनुकूल एउटे बाली उत्पादनमा जोड रहने छ’ घोषणापत्रमा लेखिएको छ, ‘फलफूल, तरकारी, खाद्यान्न, पशुपालन नमुना गाउँहरू स्थापना एवं कृषि फार्महरूमा व्यापक रूपमा डेरी, पोल्ट्री, पशुपंक्षी, मौरी, माछापालन, खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादनमा जोड दिइनेछ।’

यस्तै,समाजवादीले कृषि उत्पादन, भण्डारण र वितरणमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै कृषिको विकासका लागि आवश्यक सङ्ख्यामा प्रयोगशाला स्थापना गर्ने र अनुसन्धानका कार्यक्रमहरू अगि बढाइने समेत उल्लेख गरेको छ । किसानलाई जेविक तथा स्थानीय रेथाने कृषि उत्पादनको प्रणाली (अर्गानिक उत्पादन) तर्फ प्रोत्साहित गर्ने, समग्र देशलाई अर्गानिक कृषि उत्पादनतर्फ अग्रसर गराउन पहल गरिने समेत समाजवादीले घोषणा गरेको छ।’