पूर्ण बहादुर खड्कालाई भोट किन?



सुर्खेत। जिल्लाको सिम्ताली जनताले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई मुलुकको मुख्य नेता र प्रधानमन्त्री भएको देख्न चाहेको बुझियो। चुनावी अभियानका क्रममा सिम्ताली स्थानीय भन्छन्, “पूर्णबहादुर खड्कालाई एक पटक मुलुकको प्रधानमन्त्री भएको हेर्ने रहर छ।”

सिम्ता जामुनेबजारमा पहिलो दिन संयुक्त गठबन्धनको संयुक्त कार्यकर्ताभेलामा मुख्य मुख्य नेताहरुले बोल्नेक्रममा मलाई पनि अथित्यता ग्रहण गराई केही कुरा राख्न दिएकोमा धन्यबाद छ। सुर्खेतको छिन्चुबाट मोडिदै गर्दा सर्खेत क्षेत्र नं.१ को बिकास निर्माण सडकको अबस्था छिन्चु डोल्पा खोलेको बाटो राकमको पुल र भेरी नदिमा बनेका पुलहरु देखिने बिकास अनि कृर्षि, शिक्षा, स्वास्थ्य र संचार, बिजुलीबत्ती लगायतको बिकास हेर्दा पटक पटक प्रधानमन्त्री भएका नेताहरूको जिल्लाकै हाराहारीमा बिकास भएको देखिन्छ। सो कुरा पुर्णबहादुर खड्का बिना सम्भब हुने थिएन।

सुर्खेती जनताका नेता कर्नालीको शान पुर्ण बहादुर खड्काले गरेका विकास निकासका कामहरू जनतासमक्ष लैजान जरुरी छ। सुर्खेत क्षेत्र नम्बर १ का जनताले जति पुर्णबहादुर खड्कालाई सम्झिरहेका छन् त्यतिकै सर्खेत क्षेत्र नंम्बर १ मा गाभिन नपाएकोमा भेरी आसपासका जन्ताहरु पछुतो मानिरहेका छन्। सल्यानको सल्लिबजार आसपासका बस्तिहरु सिम्तासँग र गुर्भाकोटसँग जोड्दा बिकास भैसक्थ्यो। कांग्रेस  नेता खड्काको निर्बाचन क्षेत्रसँग जोडिन नसकेको कारण  बिकासबाटपछि परेको यहाँका स्थानीयहरुको भनाई रहेको छ।

सर्खेत क्षेत्र नम्बर १ मा के के कामहरु गर्न सकिन्छ? सामाजिक बिकासलगायतका विषयमा अध्ययन र अनुसन्धान गर्न ३ वर्ष अगाढी भन्नु भएको कुरालाई कोभिडका कारणले सार्थकता पाउन नसके पनि यसपालि भने सर्खेत १ को भेटघाटले सार्थकता पाउने अनुकुल मिलेको छ। सुर्खेतको छिन्चु हुँदै डोल्पासम्मको सडकलाई स्तरोउन्नती गरेर पर्यटकीय मार्गका रुपमा बिस्तार गर्ने उपसभापती पुर्ण बहादुर खड्काको कार्ययोजना रहेको छ।

कृर्षिको उत्पादन हुन सक्ने र कृर्षि क्रान्ति ल्याउन सकिने एग्रो टुरिज्म जोन र धार्मिक पर्यटकिय जोन बनाउन सकिने होमहोस्टे, प्याराग्लाईडिंग, र्टेकिंगलगायतका कार्यक्रमहरु बिस्तार गरेर बिदेश जाने युवाहरुलाई सुर्खेतमै स्वरोगार र आत्म निर्भर बनाउन सकिने कार्ययोजना खड्कासँग रहेको छ। त्यस्तै मेहेलकुना अस्पताल, अन्तर्राष्ट्रिय एर्पोर्ट बाटाघाटा पुललपुलेसा बिगतमा सुरु गरिसकिएका कामहरु पूरा गर्न र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने सवालहरुको उठान गरि जनता केन्द्रीत जनताको साथमा नेपाली काङ्ग्रेस भन्ने मुल मर्मलाई आत्मासात गर्न लागि पर्ने जनप्रिय योजना रहेका छन्।

यता भेरी डाईभर्सन जस्ता महव्वपुर्ण अन्य दर्दनौं बहुवर्षिय आयोजनाहरु संचालनमा ल्याउने, रिंग रोड र लिंक रोड बनाउनमा जोड दिने कार्ययोजना रहेको छ। निर्बाचन क्षेत्रका सबै पालिकालाई प्रबिधीसँग जोड्ने योजना बोकेका पुर्ण बहादुर खड्काका यि सपना अपुरा हुने कारण २०७४ को निर्बाचनमा एमालेको गठबन्धनको नाममा नयाँ पात्रलाई जिताएपछि सुर्खेत १ का जनता पछुताएका छन्। पूर्ण बहादुर जस्तो भरोशायोग्य नेता छोडेर अब सिन्को नभाच्नेलाई भोट दिएर गल्ती गरिदैन र हात अपबित्र गरिदैन भन्दै एमालेलेलाई पश्चाताप गरेको पाईयो।

गएका ५ वर्ष बेकारमा बेखबरमा गयो। नेता भनेको नेता नै हुने रहेछ पुर्ण बहादुर जस्तो नेता पछिल्लो पुस्तामा पाउनै गाह्रो छ। सुर्खेतको बिकासका लागि निरन्तर लागि रहनु भएको छ। २०७४ मा गठबन्धनको नाममा अर्गानिक लिडर छोडेर कस्मेटिक उम्मेद्वार छान्दा महाभुल भयो भनेर जनताले पश्चाताव गरिरहेका छन्।

तपाईं कालिकोटको युवा आएर पुर्ण बहादुर दाईको प्रचार गर्दे वहाँले गरेको कामको विषयमा बोलेको कुराले हामी थप उत्साहित भएका छौं। सम्पुर्ण बल लगाएर निर्बाचनमा लाग्छौं भनेर स्थानीय जनताले भनेको सुनियो।

यत्तिको चनाखो भएर लागेको भए बैसाख ३० को सिम्ता गाउँपालिकाको चुनाब पनि जितिएको थियो। १००० मत बदर भए ३०० मतको हाराहारिमा निर्बाचनमा पराजय भोग्नु पर्यो। सिम्ता गाउँपालिका नेपाली कांग्रेसका उम्मेद्वार बिरेन्द्र रावतको भनाई थियो। पुर्ण बहादुर र खडक पोखरेललाई सिम्तालीको एकछापे भोट हुनुपर्छ यसपाली भन्ने नारा नै लागेको छ। एमालेको भगौडा उम्मेद्वार र प्रतिनिधी सभामा गएर बेपत्ता हुने नबोल्ने योजनाका फाइल बोकेर कतै नपुग्ने सिन्को भाँची दुई नगर्ने भत्ता मात्रै पचाएर रोजीरोटी चलाउने उम्मेद्वारको भोट माग्ने नैतिक अधिकार पनि नभएको तर्क गाउँ घर यत्रतत्र रहेको सुनियो। एउटा नारा नै तय भएको छ, “हामी सिम्ताली एकछत्र रुखमा भोट हाल्छौ यसपाली।”

५ वर्षको कछुवाको तालमा रोकिएको विकासलाई खरायोको चालमा सम्पन्न गर्ने अर्जुनदृष्टि रहेको उपसभापती पुर्णबहादुर खड्कोको भनाई रहेको छ। गएको ५ वर्ष भयो कछुवाको ताल, चुनाव जितेको दिनबाटै सुरु हुनेछ खरायोको चाल, भन्ने नारा लागेको छ। निर्वाचन क्षेत्र नम्बर १, प्रदेश (क) का उम्मेद्वार तथा नेका जिल्ला सभापती खड्क पोखरेल भन्छन्, “उपसभापती पुर्ण बहादुर खड्का अगाढी अगाढी हामी २ प्रदेश क र ख का उम्मेद्वार पछाडी पछाडी हुनेछौ कहिल्यै थाक्ने छैनौं। हामी साझा उम्मेद्वार हौं। सबैको साझा भएर काम गर्नेछौं जनमतको अपमान गर्ने छैनौं र जनतालाई धोका दिने छैनौं।”

सिम्ताको दुई दिने बसाईमा निर्वाचनप्रति र पूर्णबहादुर खड्काबारे जनतामा उत्साह बढेको पाईयो। सुर्खेती जनताले पुर्ण बहादुर खड्का जत्तिको नेतृत्व पाउनु निकै कठिन हुन्छ। त्यसैले पनि सुर्खेती जनताले अत्यधिक मतका साथ विजयी गराउनुपर्ने आजको आवश्यकता हो। पूर्ण बहादुर खड्का नेपाली कांग्रेसको भावी कार्यकालको पार्टीको केन्द्रीय सभापति बन्ने र मुलुकको मुख्य नेताको रुपमा उदय हुने सम्भावना छ। त्यो सम्भावनालाई साकार पार्न पनि यसपालि, रुखमा भोटहाली मार्ग प्रशस्त गर्न यहाँको जनताको कर्तव्य पनि हो। राजनीतिक जीवनभर लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय, राजनीतिक स्थायित्व, हालको गठबन्धनको संयोजन कर्ता जस्तो भूमिकामा रहेका खड्कालाई यसपालि सुर्खेती जनताले अनुमोदन गर्ने करिब सुनिश्चित जस्तै छ। मुलुकको मुख्य नेताका रुपमा स्थापित गराउन, भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न र सुर्खेतको मात्रै नभएर सिंङ्गो कर्णालीको विकासको निम्ति खड्कालाई भोट दिनुपर्ने देखिन्छ। विजयी गराउनु पर्ने आजको आवश्यकता हो।