पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा



काठमाडौँ। पोर्चुगललाई १-० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छन्।

स्पेनको जितमा ८८ औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे । जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । स्वीट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए ।