काठमाडौँ। नेपालद्वारा बंगलादेश ३-१ गोलले पराजित भएको छ। बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालको तर्फबाट अञ्जन विष्टले ह्याट्रिक गरेका छन्।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका थिए। अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए। उनले दोस्रो गोल २७औं मिनेटमा गरे। यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे।