१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोगको पत्र



काठमाडौँ। निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ।

आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनिएको छ। अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ। ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगका एक अधिकारीले जानकारी दिए।

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ। यसअनुसार प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन्।