काठमाडौँ। देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १७८ पुगेको छ। कोभिड–१९ को नेपालमा हालसम्म १२ हजार १७ जनाको मृत्यु भइसकेको ।