काठमाडौँ। सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने भएको छ।
शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो। अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको एक नेताले बताए। उनले भने, ‘भोलिदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल सुरु गर्ने सहमति भएको छ।’