काठमाडौँ। देशभर थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।
यता थप ११६ जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ। नेपालमा कोभिड–१९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन्।