काठमाडौँ। नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन्। यस्तै साउन महिनायता डेंगुका कारण मृत्यु संख्या २५ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बाग्मती प्रदेशमा भएको छ। बाग्मती प्रदेशमा मात्रै १४ हजार ३२ जनाको मृत्यु भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन्।
यस्तै सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेश प्रदेशमा २९९ र कर्णालीमा २२९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ।