काठमाडौँ। नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान भएको हो। ७५ जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जना डेंगु संक्रमित भएका छन्। यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ६४३ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५६० जना संक्रमित भएका छन्।
यस्तै सुदुरपश्चिम प्रदेशमा ५६७, गण्डकी प्रदेशमा ४०९, मधेश प्रदेशमा २१६ र कर्णाली प्रदेशमा २०७ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।