काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरूको नामावली बुझाइएको हो। एकीकृत समाजवादीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको थियो।
जसमा पार्टीको तर्फबाट प्रमुख ९ उम्मेदवार समानुपातिकको सूचीमा परेका छन्। समानुपातिकको सूचीमा पर्ने प्रमुख ९ नेतामा उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा। गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी रहेका छन्।
यस्तै स्थायी कमिटी सदस्यहरु सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दीलकुमारी पन्त रहेको समाजवादी प्रेस संगठनका कार्यबहाक अध्यक्ष विश्वमणि सुवेदीले बताए।