काठमाडौँ। नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो। ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन्। यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित भएका छन्।
यस्तै क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।