काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ।
निर्वाचन आयोगमा समाजवादीका नेताहरु दिउँसो सवा ३ बजे पुगेका हुन्। बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ।
समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको हो। आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे। उनले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए।




